विष्फोटक पदार्थसहित विप्लव कार्यकर्ता पक्राउ

कालिकोटः जिल्ला प्रहरी कार्यालय कालिकोटले विष्फोटक पदार्थसहित दुई जनालाई पक्राउ गरी सार्वजानिक गरेको छ । पक्राउ पर्नेमा नरहरिनाथ गाउँपालिका–९ लालुका ३६ वर्षीया दुर्गराज बोहोरा र जाजरकोट भेरीमालिका नगरपालिका–२ का ३२ वर्षीया पदमबहादुर पुन रहेका छन् । प्रहरीले उनीहरुलाई आज बिहान पक्राउ गरेको हो ।

याे पनि पढ्नुस  भान्जा अपहरण गरी हत्या, १३ वर्षपछि पक्राउ

अभियुक्त दुवै नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्ता भएको र उनीहरुबाट बन्दुक, प्रेसरकुकुर, डिटोनेटर २४ थान, पटके पाँच पाकेट, सकेट नौ थान, गन्धक एक केजी, सोडा आधा केजीलगायतका विष्फोटक सामग्रीसहित पक्राउ परेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी यक्षकुमार जोशीले जानकारी दिए । अभियुक्तलाई विष्फोटक पदार्थ ऐन सम्बन्धी कारवाही हुने जनाइएको छ ।

कमेन्ट गर्नुहोस्