गृहमन्त्री बादललाई गृहजिल्ला चितवनमा कालोझण्डाले स्वागत !

चितवनः गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई गृहजिल्ला चितवनमा कालोझण्डाले स्वागत गरिएको छ ।

सोमबार चितवनमा आएका उनलाई कार्यकर्ताले विरोध स्वरुप कालो झन्डा देखाएका स्वागत गरेका हुन् । भरतपुर विमानस्थल परिसरमा कार्यकर्ताले ‘बादल लाल गद्दार’, ‘असंबैधानिक कु का मतियार’ लेखेको ब्यान सहीतको बेलुन उडाएर विरोध गरेका हुन् ।

याे पनि पढ्नुस  गृहमन्त्री थापाले भने, ‘भारतको ‘काउन्टर’ मा सीमा सुरक्षा बल बढाउँछौं’

उनलाई भरतपुरको हाकिम चोकमा समेत कालोझण्डा पनि देखाइयो । उनी प्रधानमन्त्री केपी ओली गुटको कार्यक्रममा सहभागी हुन आएका थिए ।

पार्टी विभाजनपछि उनी ओलीतिर लागेपछि गृहजिल्ला चितवनका नेता कार्यकर्ता आक्रोशित बनेका छन् ।

कमेन्ट गर्नुहोस्