योगेश भट्टराईको ओलीलाई प्रश्नः तपाईं होस र सन्तुलनमा त हुनुहुन्छ ?

चितवनः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता योगेश भट्टराईले ‘प्रधानमन्त्री केपी ओली होसमा त हुनुहुन्छ ? सन्तुलनमा त हुनुहुन्छ ?’ भनी गम्भीर प्रश्न गरेका छन् ।

सोमबार भरतपुरमा आयोजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहको नगरस्तरीय अगुवा पार्टी कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो प्रश्न गरेका हुन् ।

याे पनि पढ्नुस  ओली–प्रचण्डबीच भेट हुँदै, विवादको निकास निकाल्ने तयारी

‘आजको लडाइँ क्रान्ति र प्रतिक्रान्तिको लडाइँ हो । केपी ओली होसमा त हुनुहुन्छ ? सन्तुलनमा त हुनुहुन्छ ?’ नेता भट्टराईले भने, ‘मैले मेरो प्रधानमन्त्रीले मानसिक सन्तुलन गुमाउनु भयो भनेर भनेको छैन । मैले मेरो प्रधानमन्त्रीमा पागलपन सवार भयो भनेको पनि छैन । तर हिजो उहाँले जुन भाषण गर्नुभयो, जे शब्द प्रयोग गर्नुभयो, त्यो अति भयो । अशिष्टता, गालीगलौज, अमानवियता, निकृष्टता सिकाइरहनु भएको छ प्रधानमन्त्री ओलीले ।’

कमेन्ट गर्नुहोस्