काठमाडौंः सर्भरमा समस्या आएको भन्दे सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को अनलाइन फारम पुनः बन्द भएको छ ।
यायायात व्यवस्था कार्यालयले सोमबार एक सूचना जारी गर्दै आज एक दिनको लागि अनलाइन फारम भर्न बन्द गरेको जनाएको छ ।
चैत ११ गते लकडाउन भएपछि स्थगित गरिएको सवारी चाालक अनुमतिपत्रको अनलाइनम फारम यहि पुस १४ गतेबाट सुरु गरेको थियो । आवेदन खुलेको ५ दिनमा नै सेवा अवरुद्ध बन्न पुगेको हो ।