ओली प्रधानमन्त्री हैन, कमेडियन जस्तो लाग्छः बिना मगर

कञ्चनपुर (बेलौरी): निवर्तमान खानेपानी मन्त्री बिना मगरले प्रधानमन्त्रीले पद लोलुपताकै कारण संसद् विघटन गराएको बताएकी छन् ।

नेपाल कम्युनिस्ट पार्टी बेलौरी नगर कमिटीद्वारा आयोजित नगर कमिटी भेलालाई सम्बोधन गर्दै निवर्तमान खानेपानी मन्त्री मगरले प्रधानमन्त्रीले जनताका लागि भन्दा पनि पदकै लागि संसद् विघटन गराएको बताइन् । ‘प्रधानमन्त्री केपी ओलीलाई देश र जनताको चिन्ता छैन । मुलुकको विकासको बारेमा उहाँलाई कत्ति पनि चिन्ता रहेनछ । मात्र उहाँलाई पदको चिन्ता रहेछ ।’

याे पनि पढ्नुस  नेकपा खारेज गर्ने फैसला पुनरावलोकनका लागि दिएको निवेदनमा के छ ? (पूर्णपाठसहित)

भेलालाई सम्बोधन गर्दै उनले भनिन्, ‘जनतामाथि कुठाराघात गर्दै प्रधानमन्त्रीले असंवैधानिक तवरले संसद् विघटन गराउनुभयो । यस्तो तानाशाही प्रवृत्तिलाई जनताले चाँडै परास्त गर्नेछन् । प्रधानमन्त्री र उहाँका आसेपासेहरुको भविष्य अब धेरै लामो समय छैन ।’

‘मैले सुन्ने गरेको छु प्रधानमन्त्रीका नजिकका मान्छेहरुले संघीयता खारेज गर्नुपर्यो भनेर वकालत गरिरहेका छन् । जनताको त्याग र बलिदानबाट प्राप्त भएको उपलब्धिहरुलाई प्रधानमन्त्रीका मान्छेहरुले कुल्चने दुस्साहस गर्दैछन्’, नेकपाको केन्द्रिय सदस्य समेत रहेकी मगरले भनिन्, ‘यस्तालाई जनताले चाँडै पराजित गर्ने छन् ।’

याे पनि पढ्नुस  प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक बस्दै

केन्द्रिय सदस्य मगरले भनिन्, ‘प्रधानमन्त्रीले जनतालाई भ्रम छर्दै हिंडिरहनु्भएको छ । उहाँ देशको प्रधानमन्त्री नभई एउटा कमेडियन जस्तो लाग्छ । त्यस्तै भान दिलाइरहनुभएको छ । उहाँका गतिविधि जनताले हेरिरहेका छन् । अब धेरै दिन उहाँका भ्रम टिक्ने छैन ।’

कमेन्ट गर्नुहोस्