काठमाडौंः नेकपाको प्रचण्ड–माधव समूहले प्रदेश इन्चार्जको जिम्मेवारीबाट पुथ्वी सुब्बा गुरुङ र शंकर पोखरेललाई हटाएको छ ।
पेरिसडाडाँमा सोमबार बसेको स्थायी कमिटी बैठकले गण्डकी प्रदेशको इन्चार्जबाट गुरुङ र लुम्बिनी प्रदेशको इन्चार्जबाट पोखरेललाई हटाएको हो ।
गण्डकीमा देवेन्द्र पौडेल र लुम्बिनीमा युवराज ज्ञवालीलाई इन्चार्जको जिम्मेवारी तोकिएको छ ।