काठमाडौंः गायिका स्मिता दाहालको ‘तिम्रो साथले’ बोलको गीत सार्वजनिक भएको छ । उक्त गीत सोमबार ओएसआर डिजिटलमार्फत युट्युवमा सार्वजनिक गरिएको हो ।
स्मिता दाहाल र मनमोहन थपलियाको स्वर रहेको गीतमा नायक आकाश श्रेष्ठ र मोडल राशि सुवेदीको अभिनय देख्न सकिन्छ ।
निकेश खड्काको निर्देशन रहेको गीतमा शब्द मदन लम्साल, संगीत थपलिया र एरेन्ज किरण कँडेलको छ ।