नेपाली र्‍यापर लाउरेको कन्सर्टमा भागदौडः २ को मृत्यु, ५ घाइते

काठमाडौंः भारतको पश्चिम बंगालस्थित कालेबुङ मैदानमा आयोजना भएको नेपाली चर्चित ¥यापर आशिष राना लाउरेको कन्सर्टमा भागदौड हुँदा २ जनाको मृत्यु र ५ जना गम्भीर घाइते भएका छन् ।

गेटमा भीड हुँदा भागाभाग भएपछि लडेर त्यही भीडले कुल्चिँदा ३९ वर्षिया विनिता गुरुङ र ४६ वर्षिया अनिता क्षेत्रीको मृत्यु भएको छ ।

याे पनि पढ्नुस  हिंड्दाहिंडदै लडेर एककाे मृत्यु

घाइतेमध्ये अमिता सुब्बा र मिक्सम तामाङको गम्भिर अवस्थामा सिलुगढी अस्पतालमा उपचार भैरहेको छ । प्रतिक्षा क्षेत्री, एलिसा राई र परिमा राईको कालेबुङ जिल्ला अस्पतालमा उपचार भैरहेको छ ।

म्याड डग नामक संस्थाले आयोजना गरेको कन्सर्टमा नेपाली अभिनेता एवं ¥यापर लाउरेले प्रस्तुत दिएका थिए । प्रहरीका अनुसार लाउरे गाइसकेपछि एक्कासी कन्सर्टको प्रवेशद्धारा खोलिँदा धेरै मानिस सिँढीमा लडेका थिए ।

याे पनि पढ्नुस  उपचार नपाएर कोरोनाबाट पाकिस्तानका एक उच्च आईएसआई अधिकारीको मृत्यु

कमेन्ट गर्नुहोस्