काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा नेपाल क्रेडिट एण्ड कमर्श बैंक र गुहेश्वरी मर्चेन्ट बैंकको शेयरमूल्य समायोजन भएको छ ।
सोमबार बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।
नेप्सेले नेपाल क्रेडिट एण्ड कमर्शको १०.२७ प्रतिशत बोनस शेयर समायोजन गरी प्रतिकित्ता शेयरमूल्य ३२४ रुपैयाँ तोकेको छ। बैंकको हिजो अर्थात पुस २० गतेको अन्तिम कारोबारको आधारमा शेयरमूल्य समायोजन भएको हो। हिजो बैंकको शेयर प्रतिकित्ता ३५७ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।
त्यसैगरी, नेप्सेले गुहेश्वरीको ८ प्रतिशत बोनस शेयर समायोजनपश्चात फाइनान्सको शेयरमूल्य प्रतिकित्ता १९३ रुपैयाँ तोकेको छ। फाइनान्सको २०८ रुपैयाँको आधारमा शेयरमूल्य समायोजन भएको हो।
नेपाल क्रेडिट एण्ड कमर्श बैंकले माघ ९ गते, केन्द्रिय कार्यालय, बागबजारमा बिहान १० बजे तेइसौँ वार्षिक साधारण सभा बोलाएको छ।
सभाले चुक्ता पूँजीको १०.२६९५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५४०५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।
त्यस्तै, गुहेश्वरी फाइनान्सले पुस २८ गते मंगलबार बिहान ११ बजे गुहेश्वरी भवन हरिहर भवन ललितपुरमा साधारण सभा बोलाएको छ। साधारण सभाबाट सञ्चालक समितिले सिफारिस गरे अनुसार २ करोड ७२ लाख रुपैयाँ नगद लाभांश र ६ करोड ४० लाख रुपैयाँ बराबरको बोनस शेयर पारित गर्नेछ।