सेञ्चुरी बैंकले थप्यो आफ्नो ७ वटा नयाँ शाखाहरु

काठमाडौंः सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले पुस २१ गते आफ्नो ७ वटा नयाँ शाखाहरुको भर्चुअल उद्घाटन गरेको छ ।

बैंकको ७ वटा नयाँ शाखाहरु बाँकेको कोहलपुरमा, मुस्ताङको लेते, ललितपुरको बालकुमारी, काठमाडौंको कपन, टोखा र नरेफाँटमा, भक्तपुरको सुकुलढोकामा संचालनमा आएका शाखाको भर्चुअल माध्यमबाट औपचारिक उद्घाटन भएको हो । यस आधिकारीक भर्चुअल उद्घाटन पश्चात बैंकको शाखा संजाल १ सय २० पुगेको छ ।

याे पनि पढ्नुस  सेञ्चुरी बैंकले आँखा दान समाजलाई भौतिक सामग्री सहयोग गर्यो

सबै क्षेत्रसम्म बैकिङ्ग सेवा विस्तार गर्ने उद्देश्यले यसअघि बैकले विभिन्न स्थानमा शाखा, शाखारहित बैकिङ्ग सेवा तथा एक्सटेनसन काउण्टरहरु संचालनमा ल्याई बैकिङ्ग सेवाहरु ग्राहकवर्गहरुलाई प्रदान गदै आएको छ ।

कमेन्ट गर्नुहोस्