दाङ : जिल्लाको घोराही उपमहानगरपालिका-१० नारायणपुरमा एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार रा १ झ १०२ नम्बरको एम्बुलेन्सले रा ४ प १५६६ नम्बरको स्कुटरलाई मंगलबार दिउँसो करिब २ बजे ठक्कर दिँदा गम्भीर घाइते भएका नारायणपुरकै स्कुटर चालक ६८ वर्षीय टोपेन्द्र पोख्रेलको मृत्यु भएको हो ।
पोख्रेलको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा दिउँसो साढे २ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डिएसपी सुमित खड्काले जानकारी दिए ।
लमहीबाट तुलसीपुर जाँदै गरेको एम्बुलेन्सले पोख्रेललाई घर नजिकै सडकमा ठक्कर दिएको थियो ।