काठमाडौं : स्वास्थ्य तथा जनसख्या मन्त्रालयले काठमाडौंमा अध्यधिक वायु प्रदुषण बढेको भन्दै सावधानी अपनाउन आग्रह गरेको छ ।
आज एक अपिल जारी गर्दै मन्त्रालयले अत्यावश्यकबाहेक सवारीसाधन पनि नचलाउन तथा घरबाट बाहिर ननिस्कन आग्रह गरेको हो ।
साथै, मन्त्रालयले केही दिन वर्निङ वाक तथा व्यायमका लागि घर बाहिर नजान पनि सबैमा अनुरोध गरेको छ ।