विद्यार्थीहरुले देखाए खानेपानी मन्त्री थापालाई कालो झण्डा

जाजरकोट । संसद विघटनविरुद्ध आन्दोलनमा उत्रिएका विद्यार्थीहरुले खानेपानी मन्त्री मणि थापालाई कालो झण्डा देखाएका छन् ।

अनेरास्ववियूले हिजो घोषणा गरेको बिरोध कार्यक्रम अन्तर्गत आजदेखि ओली सरकारका मन्त्रीहरुलाई कालो झण्डा देखाउन कार्यक्रम छ ।

सोही कार्यक्रम अन्तर्गत जाजरकोटमा पार्टीको काममा रहेका मन्त्री थापालाई कालो झण्डा देखाएका हुन ।
सडक जाम गरेर मन्त्रीको गाडी रोक्दै विद्यार्थीहरुले कालो झण्डा देखाएका थिए ।

याे पनि पढ्नुस  राष्ट्रपतिलाई भेटेर फर्किए ओली, शितल निवासमा के–के भयो ?

कमेन्ट गर्नुहोस्