नक्कली राष्ट्रवादको खोल ओडेका ओलीलाई समयमै ठेगान लगाइन्छः खान

सर्लाहीः नेकपा प्रचण्ड–नेपाल समुहका युवा नेता नविराज खानले प्रधानमन्त्री केपी ओलीले नक्कली राष्ट्रवादको खोल ओडेको आरोप लगाएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी सर्लाही क्षेत्र नं.२ उद्योग वाणिज्य संघको हलमा आयोजित प्रचण्ड–माधव समुहका अगुवा भेलालाई सम्बोधन गर्दै नेता खानले प्रधानमन्त्री ओली निरंकुश बादशाह बन्न खोजेको आरोप लगाए । संविधानमाथि आक्रमण गरेर प्रधान्मन्त्रीले संसद विघटन गरेको नेता खानको भनाइ छ ।

याे पनि पढ्नुस  समीक्षा संग्रौलाले भनिन्, ‘मामाको मुख हेरेर होइन, देशको भविष्य हेरेर मिर्गौला दान गर्ने निर्णय गरेकी हुँ’

उनले भने, ‘हिजो दरबारबाट जन्मिएका बादशाहलाइ त हामीले ठेगान लगाइसकियो भने आज जनताबाट आएका यी नक्कली बादशाहलाइ पनि समयमै ठेगान लगाइन्छ ।’ नेपाली जनताको रगतबाट बनाइएको संविधानमाथि प्रहार हुँदा आफुहरु सडकमा आएको उनले बताए ।

जनताले संघर्ष गरेर ल्याएको संविधानको रक्षाका लागि आफ्नो ज्यान दिन पनि तयार रहेको उनले बताए । सबै क्षेत्रबाट दबाब दिनुपर्ने र संविधानमाथिको प्रतिगामी हमलालाई नसच्याएसम्म आन्दोलनबाट पछि नहट्ने उनको भनाइ छ ।

कमेन्ट गर्नुहोस्