‘४ दुना ९’ प्रसारण हुँदै

काठमाडौंः नेपालको पर्यटनलाई प्रबद्र्धन गर्ने उद्देश्यका साथ निर्माण गरिएको नयाँ पर्यटकीय सामाजिक हाँस्य टेलिचलचित्र ‘४ दुना ९’ आउँदो बिहीबारबाट नेपाल टेलिभिजनमार्फत प्रसारण हुने भएको छ ।

नेपालको ७७ वटै जिल्लामा विभिन्न समयमा खिचिने यस टेलिचलचित्र यस पुस २३ गतेबाट प्रत्येक बिहीबार साँझ ७ बजे प्रसारण हुने बताइएको छ ।

याे पनि पढ्नुस  समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा साकार पार्न प्रयास बढाइरहेका छौंः प्रधानमन्त्री ओली

पर्यटकीय सामाजिक हाँस्य टेलिचलचित्र ‘४ दुना ९’को पहिलो चार भाग नेपालकोेत्र जुम्ला र मुगुमा खिचिएको छ । टेलिचलचित्रका निर्देशक छेडुप लामाका अनुसार काठमाडौंबाट जाने केहि कलाकारसँगै अन्य अधिकांश स्थानिय कलाकारको अभिनय रहेको छ ।

टेलिचलिचित्रका मुख्य कलाकार राजाराम पौडेलले छायांकनको क्रमको अनुभव सुनाउँदै भने, ‘सुरुको चार भाग खिच्न हामी जुम्ला र मुगुमा पुगेका थियौं । त्यहाँको मौलिकताको प्रसंसा गरेरै सक्दिन, त्यहाँको रितिरिवाज, रहनसहनले मेरो मन तानेको छ । हामीले त्यहि मौलिकतालाई पर्दामा उतार्ने कोसिस गरेका छौं । दर्शकलाई अवस्थ मन पर्नेछ ।’

याे पनि पढ्नुस  वरिष्ठ पत्रकार दुर्गानाथ शर्माको निधन

यस टेलिचलचित्रमा राजाराम पौडेल, रबिन्द्र झा, रेशम बुढाथोकी, रामबाबु रेग्मी, अजय रेग्मी, गोबिन्द सुनार, अस्मिता बस्नेत, सेबिता अधिकारी, संगम राई, दिप्त प्रकाश काश्यप, कबिता न्यौपाने, सस्मिता गिरी, भगवती खड्का, रोहित खड्का, सिमरन, रिदम श्रेष्ठ लगायतको अभिनय रहनेछ ।

कमेन्ट गर्नुहोस्