संसद् विघटनविरुद्ध उपत्यकामा अनेरास्ववियूले निकाल्यो लाल्टिन जुलुस

काठमाडौंः नेकपा निकट अनेरास्ववियूले संसद् विघटनविरुद्ध उपत्यकामा लाल्टिन जुलुस निकालेको छ ।

संसद् विघटनविरुद्ध दोस्रो चरणको आन्दोलनका कार्यक्रमअन्तर्गत अनेरास्ववियूले उपत्यकामा लाल्टिन जुलुस निकालेको हो ।

असंवैधानिक रुपमा विघटन गरिएको प्रतिनिधि सभा पुनःस्थापनाको माग गर्दै उपत्यकामा लाल्टिन जुलुस निकालिएको अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङले जानकारी दिए ।

याे पनि पढ्नुस  ओलीले बालुवाटारमा थाले आफू पक्षीय सांसदसँग छलफल

आन्दोलनअन्तर्गत अनेरास्ववियूले मंगलबार बिहान खानेपानी मन्त्री मणी थापालाई कालो झण्डा देखाएको थियो ।

यस्ता छन् संस्द विघटनविरुद्ध अनेरास्ववियूका आगामी आन्दोलनका कार्यक्रमः

पौष २३ गते देशव्यापी रुपमा प्रधानमन्त्रीको पुत्ला दहन ।

पौष २४ गते सिडियो कार्यालयमा ज्ञापनपत्र तथा धर्ना ।

पौष २५ गते असंवैधानिक कदम विरुद्ध सडक वहस कार्यक्रम ।

पौष २६ गते बयलगाडा प्रदर्शन ।

पौष २७ गते प्रतिगमनको बिरुद्ध सडक कविता गीत र गजल कार्यक्रम गर्ने ।

पौष २८ गते सडक नाटक र सडक आर्ट ९ स्ट्रिट वाल पेन्टिङ ।

पौष २९ गते सडकमा प्ले कार्डसहित कार्टून प्रदर्शन ।

तेस्रो चरणको कार्यक्रम माघ १ गते सार्वजनिक गरिनेछ ।

कमेन्ट गर्नुहोस्