धनगढीः सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले राजिनामा दिएका छन् । उनले बुधबार दिउँसो पत्रकार सम्मेलन गर्दै पदबाट राजीनामा दिएका हुन् ।
नेकपा विभाजनपछि उनी ओली समूहमा लागेका छन् । ओली समूहले उनलाई केन्द्रीय सदस्यमा नियुक्त गरिसकेको छ ।
यसअघि ओली समूहका भौतिक पूर्वाधार मन्त्री पठानसिंह बोहरालाई मुख्यमन्त्री त्रिलोचन भट्टले हटाएका थिए ।
सुदूरपश्चिममा प्रचण्ड–नेपाल समूहको बहुमत छ ।