मन्त्री चौधरीलाई अनेरास्ववियूले देखायो कालो झण्डा

धनगढीः श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशंकर चौधरीलाई अनेरास्ववियूले कालोझण्डा देखाएको छ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत कैलालीको घोडाघोडी नगरपालिकाको सुख्खडमा मन्त्री चौधरीलाई नेकपा प्रचण्ड–नेपाल समूहको अनेरास्ववियू कैलालीका विद्यार्थीले कालोझण्डा देखाएका हुन् ।

चौधरीलाई संसद् विघटनपति प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री पदमा नियुक्त गरेका थिए ।

याे पनि पढ्नुस  ‘पार्टी संकटमा रहेका बेला ओलीलाई डाँडाकाँडा घुमेर बाँसुरी बजाउने रहर लाग्यो’

संसद् विघटनविरुच दोस्रो चरणको आन्दोलनको कार्यक्रमअन्तर्गत अनेरास्ववियूले मन्त्रीलाई कालो झण्डा देखाइरहेको छ । मंगलबार बिहान अनेरास्ववियूले खानेपानी मन्त्री मणी थापालाई कालो झण्डा देखाएको थियो ।

कमेन्ट गर्नुहोस्