राष्ट्रिय सभाको बैठक बस्दै, के–के छन् कार्यसूची ?

काठमाडौंः राष्ट्रिय सभाको बैठक आज दिउँसो १ बजे बस्दैछ ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले मधेसी आयोगको वार्षिक प्रतिवेदन सभा समक्ष पेस गर्ने कार्यसूची छ ।

यस्तै राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले राष्ट्रिय सभाअन्तर्गतका विषयगत समितिमा रहने सदस्यहरुको नाम मनोनयनका लागि प्रस्ताव गर्ने कार्यसूची छ ।

याे पनि पढ्नुस  संसद् विघटनको मुद्दा ‘हेर्दाहेर्दै’मा, जुनसुकै दिन पनि फैसाला आउने संभावना

यसका साथै संसद् विघटनपछि देशको पछिल्लो राजनीतिक अवस्था र समसामयिक विषयमा सांसदहरुले सरकारको ध्यानाकर्षण गराउनेछन् ।

संसद् विघटनपछि पहिलोपटक राष्ट्रियसभाको बैठक यही पुस १७ गते बसेको थियो । बैठकमा राष्ट्रियसभाका सदस्य दीननाथ शर्मा, जितेन्द्र नारायण देव र प्रमिला कुमारीले सम्बोधन गरेका थिए ।

याे पनि पढ्नुस  संसद् विघटनविरूद्व नेकपाको काठमाडौंमा शक्ति प्रदर्शन, हेर्नुस् १५ फोटोमा

 

कमेन्ट गर्नुहोस्