काठमाडौंः नेकपा निकट अनेरास्ववियूले देशैभर प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएको छ ।
संसद् विघटनविरुद्ध दोस्रो चरणको आन्दोलनका कार्यक्रमअन्तर्गत अनेरास्ववियूले असंवैधानिक रुपमा विघटन गरिएको प्रतिनिधि सभा पुनःस्थापनाको माग गर्दै बिहीबार देशैभर प्रधानमन्त्री ओलीको पुत्ला जलाएको हो ।
उक्त संगठनले संसद् विघटनविरुद्ध पुष २९ गतेसम्म चरणवद्ध आन्दोलनका कार्यक्रम गरिरहेको छ ।
यस्ता छन् संसद् विघटनविरुद्ध अनेरास्ववियूका आगामी आन्दोलनका कार्यक्रमः
पुष २४ गते सिडियो कार्यालयमा ज्ञापनपत्र तथा धर्ना ।
पुष २५ गते असंवैधानिक कदम विरुद्ध सडक वहस कार्यक्रम ।
पुष २६ गते बयलगाडा प्रदर्शन ।
पुष २७ गते प्रतिगमनको बिरुद्ध सडक कविता गीत र गजल कार्यक्रम गर्ने ।
पुष २८ गते सडक नाटक र सडक आर्ट ९ स्ट्रिट वाल पेन्टिङ ।
पुष २९ गते सडकमा प्ले कार्डसहित कार्टून प्रदर्शन ।
तेस्रो चरणको कार्यक्रम माघ १ गते सार्वजनिक गरिनेछ ।