आजसम्मकै उच्च संक्रमण देखिएपछि टोकियोमा संकटकालको घोषणा

टोक्यो, जापानमा कोरोना संकटकालको घोषणा गरिएको छ ।

कोरोनाबाट आजसम्मकै उच्च संक्रमण देखिएपछि राजधानी टोकियो र छेउछाउका क्षेत्रमा संकटकाल लगाइएको हो ।

जापानका प्रधानमन्त्री योशिहिदे सुगाले शुक्रबारदेखि आगामी ७ फेब्रुअरीसम्म संकटकाल लगाइएको घोषणा गरेका छन् ।

टोकियो, चिबा, साइतामा र कनागावामा संकटकाल लगाइएको हो ।

संकटकालको अवधिमा कार्यालयमा मानिसको चाप ७० प्रतिशतले कम हुने बताइएको छ ।

आम मानिसहरुलाई अति जरुरी कामबाहेक बाहिर जान निषेध गरिएको छ । यसबो सबैभन्दा ठूलो असर होटल व्यवसायमा पर्ने सिएनएनले जनाएको छ । रेष्टुरेन्टहरुले अर्डर गरेको अवस्थामा मात्रै खाना पुर्याउन पाउनेछन् । तर साँझ ८ बजे सबै रेष्टुरेन्ट बन्द गर्न आदेश दिइएको छ ।

सरकारले यसको क्षतिपूर्तिवापत रेष्टुरेन्टहरुलाई प्रतिमहिना १७ हजार डलर दिने घोषणा गरेका छन् ।

तर अन्य क्षेत्रमा कडाई भएपनि स्कूल भने खुला नै हुनेछन् ।

बुधबारका दिन जापानमा एकैदिन ५९५३ जनामा संक्रमण देखिएको थियो । जापानमा एकैदिन ५ हजार भन्दा बढी संक्रमण देखिएको यो पहिलो पटक हो । हालसम्म २५९, १०५ जना संक्रमित भएका छन् भने ३,८०४ जनाको मृत्यु भएको छ ।

कमेन्ट गर्नुहोस्