संसद् विघटनको मुद्दामा संविधानअनुसार फैसला नभए संविधान कागजको खोस्टो हुन्छः श्रेष्ठ

काठमाडौंः राष्ट्रिय सभा सदस्य तथा नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले संसद् विघटनविरुद्ध परेका मुद्दामा सर्वोच्च अदालतले संविधानअनुसार फैसला नगरे संविधान कागजको खोस्टामा परिणत हुने बताएका छन् ।

शुक्रबार राष्ट्रिय सभामा बोल्दै उनले संसद् विघटनको मुद्दामा सर्वोच्च अदालतले संविधानअनुसार फैसला गर्ने विश्वास व्यक्त गरे । श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमा हुँदै नभएको प्रावधानअनुसार प्रतिनिधि सभा विघटन गरेको आरोप लगाए । यो मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहे पनि सर्वोच्चलाई संविधान संशोधनको अधिकार संविधानले नदिएको उनले बताए ।

याे पनि पढ्नुस  प्रचण्ड–नेपाल समूहलाई वामदेव प्रधानमन्त्री स्वीकार्य तर पहिलो शर्त ओलीको राजीनामा

उनले भने, ‘सर्वोच्चलाई हाम्रो संविधानले संविधान संशोधन गर्ने अधिकार दिएको छैन । संविधान अन्तर्गत फैसला गर्ने मात्रै अधिकार दिएको छ ।’

‘संविधानमा हुँदै नभएको प्रावधान कसैले प्रयोग गर्ने र त्यसलाई अनुमोदन गर्न संविधान संशोधन गर्ने फैसला सर्वोच्चले ग¥यो भने संविधान कागजको खोस्टोमा परिणत हुन्छ,’ उनले भने, ‘संविधान च्यातिएको अवस्था हुन्छ । समग्र अवस्था उल्टिने खतरा हुन्छ । संविधान सम्मत ढंगले फैसला गर्छ भन्ने विश्वास छ ।’

याे पनि पढ्नुस  मन्त्रिपरिषद् विस्तार सम्बन्धी रिट हेर्दाहेर्दैमा

उनले प्रधानमन्त्री ओलीको पनि आलोचना गरे । उनले आफ्नो पदीय स्वार्थमा घात हुने भयो भन्ने लाग्दैमा पार्टी विधान पनि मान्दिनँ, संविधान पनि मान्दिनँ भन्न पाइन्छ भनेर प्रश्न गरे ।

कमेन्ट गर्नुहोस्