धनगढीः प्रधानमन्त्री केपी शर्मा ओलीले आज धनगढीमा नेकपाका कार्यकर्ताहरुलाई सम्बोधन गरिरहेका छन् ।
तर उनको कार्यक्रमा सहभागी हुने कार्यकर्ता बोक्न कैलारी गाउँपालिका–१ हसुलिया पुगेका बस भने रित्तै फर्किएका छन् । जनसभाको लागि नेता कार्यकर्ता लिन हसुलिया पुगेका ४ बस रित्तै फिर्ता भएको स्थानीयले बताएका छन् ।
नेकपा सुदूरपश्चिमले जनसभामा ५० हजार कार्यकर्ता उतार्ने दाबी गरेको थियो ।