ओलीको कार्यक्रममा सहभागी हुने कार्यकर्ता बोक्न पुगेका बस रित्तै फर्किए

धनगढीः प्रधानमन्त्री केपी शर्मा ओलीले आज धनगढीमा नेकपाका कार्यकर्ताहरुलाई सम्बोधन गरिरहेका छन् ।

तर उनको कार्यक्रमा सहभागी हुने कार्यकर्ता बोक्न कैलारी गाउँपालिका–१ हसुलिया पुगेका बस भने रित्तै फर्किएका छन् । जनसभाको लागि नेता कार्यकर्ता लिन हसुलिया पुगेका ४ बस रित्तै फिर्ता भएको स्थानीयले बताएका छन् ।

याे पनि पढ्नुस  सरकारसँग सहमति गरेर विप्लवले सेफ ल्याण्डिङ गरे: प्रधानमन्त्री ओली

नेकपा सुदूरपश्चिमले जनसभामा ५० हजार कार्यकर्ता उतार्ने दाबी गरेको थियो ।

कमेन्ट गर्नुहोस्