ओलीलाई प्रचण्ड–नेपाल समूहले भन्यो– संसद् विघटन गरेकोमा क्षमा माग्दै कदम सच्याऊ

काठमाडौंः पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालको संविधान पठाएको छ ।

शुक्रबार ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत् प्रतिनिधि सभा विघटनको विरोधमा प्रधानमन्त्री ओलीलाई विरोध पत्र र नेपालको संविधान पठाइएको हो ।

याे पनि पढ्नुस  प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच भेटवार्ता

प्रचण्ड–नेपाल समूहले विरोध पत्रमा प्रधानमन्त्री ओलीलाई संसद् विघटन गरेकोमा क्षमा माग्दै यो कदम सच्याउन भनेको छ ।

कमेन्ट गर्नुहोस्