डोनाल्ड ट्रम्पको ट्विटर एकाउण्ट सधैंका लागि बन्द

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्विटर एकाउण्ट सधैंका लागि बन्द गरिएको छ ।

ट्विटरका अनुसार, हिंसालाई प्रश्रय दिने आशंका भएपछि उनको एकाउण्टलाई सधैका लागि बन्द गरिएको होे ।

ट्विटरले एक विज्ञप्ती जारि गर्दै @realdonaldtrump नामक उनको एकाउण्टमा पोष्ट गरिएको ट्विटहरुको समिक्षापछि एकाण्टलाई स्थायीरुपमा प्रतिबन्ध लगाउने निर्णय गरिएको हो ।
यसअघि ट्विटरले राष्ट्रपति ट्रम्पको एकाउण्टलाई १२ घण्टासम्मका लागि बन्द गरेको थियो । त्यतिखेर नै ट्विटरले प्लेटफर्मका नियम तोडिएको खण्डमा सधैंका लागि बन्द गर्न सक्ने चेतावनी दिएको थियो ।

बुधबारका दिन ट्रम्पले कैयन यस्ता ट्विट गर्दै आफ्ना हिंश्रक समर्थकहरुलाई देशभक्त बताएका थिए । बुधबारका दिन उनका सयौं समर्थक अमेरिकी कंग्रेस (सदन)को क्यापिटल भवनमा प्रवेस गरेका थिए । त्यसअघि उनले ट्विट गर्दै हामी हार नमान्ने र यसलाई कहिल्यै नस्वीकार्ने भन्दै ट्विट गरेका थिए ।

याे पनि पढ्नुस  ट्रम्प बिमारी भएको आशंका, यसै हप्ता शारीरिक र मानसिक स्वास्थ्य परीक्षण गरिने

यसैगरी लोकप्रिय प्लेटफर्म ट्विचले पनि ट्रम्पको च्यानलमा अनिश्चितकालिन प्रतिबन्ध लगाउने घोषणा गरेको छ । ट्रम्पले यो च्यानलबाट आफ्ना र्यालीहरुको प्रसारण गर्ने गर्दथे ।

कमेन्ट गर्नुहोस्