संसद् पुनर्स्थापनापछि राष्ट्रपति र प्रधानमन्त्रीलाई घर पठाउँछौंः गगन थापा

काठमाडौंः नेपाली कांग्रेसका नेता गगन थापाले संसद् पुनर्स्थापना हुने र त्यसपछि राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई घर पठाइने बताएका छन् ।

प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेको विरोधमा आज तरूण दल भक्तपुरले गरेको कार्यक्रममा बोल्दै थापाले सो कुरा बताएका हुन् ।

याे पनि पढ्नुस  जनतासँग गरिएका प्रतिबद्धताबाट पछि हट्दिनः उम्मेदवार पौडेल

उनले भने, ‘प्रधानमन्त्रीको असंवैधानिक कदम अदालतले खारेज गर्छ । त्यसपछि प्रतिनिधि सभा पुनर्स्थापना हुन्छ । संसदले राष्ट्रपति र प्रधानमन्त्रीलाई घर पठाउँछ । तपाईंहरूको ‘बा’ प्रधानमन्त्री ओली बालकोट आउने बाटो ठिक राख्नुहोला ।’

प्रधानमन्त्री ओलीको कदम असंवैधानिक र प्रतिगामी रहको उनले आरोप लगाए । उनले राष्ट्रपति भण्डारीले सम्मान गुमाए पनि अदालतले सम्मान नगुमाओस् भन्ने आफूले चाहेको बताए ।

याे पनि पढ्नुस  देउवाः पञ्चायतकालमा त अदालतले न्याय दिन्थ्यो भने अहिले झन् किन नदेला ?

‘प्रधानमन्त्रीले अदालतमाथि दबाव सिर्जना गर्नुभएको छ । मनोवैज्ञानिक दबाव दिएर यो निर्णय कसरी उल्टिन्छ भनिरहनु भएको छ । प्रधानमन्त्रीको धम्कीबाट अदालत डराउँदैन भन्ने प्रमाणित गर्नुपर्नेछ’, उनले भने ।

कमेन्ट गर्नुहोस्