काठमाडौं : नेपाली क्रिकेट टिमका पूर्वकप्तान पारस खड्कासहित नेपाली १० क्रिकेटर पनि पाकिस्तान सुपर लिग (पीएसएल)को ड्राफ्टमा परेका छन् ।
पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)ले शनिबार घोषणा गरेको ड्राफ्टमा नेपाली १० क्रिकेटर पनि अटाएका हुन् ।
नेपालबाट प्लेनिटम क्याटेगोरीमा सन्दीप लामिछाने र सिल्भर क्याटेगोरीमा पारससहित ९ खेलाडी अटाएका छन् ।
ड्राफ्टमा सिल्भर विदेशी कोटामा कप्तान ज्ञानेन्द्र मल्ल, पारस खड्का, उपकप्तान दीपेन्द्रसिंह ऐरी, करण केसी, कुशल मल्ल, अभिनाष बोहरा, पवन सरार्फ, सुवास खकुरेल र आसिफ शेख छन् ।
आसन्न सिजनको पीसीएल ड्राफ्ट भोलि (आइतबार) हुँदैछ । ड्राफ्टमा एउटा टोलीले कममा १६ र बढीमा १८ खेलाडी अनुबन्ध गर्न पाउने बताइएको छ ।
यो पटक २० देशबाट ४ सय बढी विदेशी खेलाडी पीएसएलको ड्राफ्ट अटाएका छन् । यो सिजनको पीएसएल आउँदो २० फेब्रुअरीदेखि २२ मार्चसम्म पाकिस्तानमा सुरु हुनेछ ।
कुन क्याटागोरीको को खेलाडी? सूची :