जाकार्ता : इण्डोनेसियाको राजधानी जाकार्ताबाट उडेको एक विमान सम्पर्कविहीन भएको छ । अधिकारीहरूका अनुसार विमानमा ५० भन्दा बढी यायु सवार थिए ।
श्रीविजया एयरको बोइङ ७३७ वेष्ट कलिमनतन प्रान्तको आकासमा सम्पर्कविहीन भएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । फ्लाइट रायर २४ का अनुसार यो विमान एक मिनेटभन्दा पनि कम समयमा १० हजार फिट तल आएको थियो ।
इण्डोनेसियाको परिवहन मन्त्रालयका अनुसार सम्पर्कविहीन भएका विमानको खोजी भइरहेको छ ।