प्रधानमन्त्री ओली हिटलर जस्तै तानाशाह : नेता खनाल

काठमाडौंः नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ प्रचण्ड-माधव समूहका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओली हिटलर जस्तै तानाशाह भएको टिप्पणी गर्नुभएको छ ।

शनिबार काठमाडौंमा नेकपा प्रचण्ड-माधव समूह सम्पर्क समन्वय कमिटीद्वारा आयोजित भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै वरिष्ठ नेता खनालले प्रधानमन्त्री ओली हिटलर जस्तै तानाशाह भएको टिप्पणी गर्नुभएको हो । जर्मनीमा समाजवादी पार्टीबाट हिटलर जन्मिए जस्तै नेपालमा कम्युनिष्ट पार्टीबाट केपी ओली जन्मिएको खनालले बताए ।

याे पनि पढ्नुस  ओली, प्रचण्ड र खनालबीचको भेटवार्ता सकियो, के भयो सहमति ?

कहिलेकाहीं पार्टीको गल्तिका कारण तानाशाहहरु जन्मिने गरेको र त्यसको विरुद्धमा फेरि संघर्ष गर्दै जानुपरेको उनले बताए । वरिष्ठ नेता खनालले शुक्रबार धनगढीमा ओली समूहले गरेको सभालाई पञ्चभेलाको संज्ञा समेत दिनुभएको छ । विभिन्न ९ जिल्लाबाट बस रिजर्भ गरेर मान्छेहरुलाई पैसा दिएर गराएको भेला २०४६ साल अगाडि पञ्चहरुले गर्ने भेला जस्तै भएको बताए ।

याे पनि पढ्नुस  कीर्तिमान लिम्पियाधुराबाट आएको काली नदी नै नेपाल र भारतको सिमानाः पूर्वप्रधानमन्त्री खनाल

कमेन्ट गर्नुहोस्