काठमाडौं: अष्ट्रेलियासँगको तेस्रो टेष्ट नसकिँदै भारतीय टिमलाई ठूलो झड्का लागेको छ । टिमका महत्वपूर्ण सदस्य रवीन्द्र जडेजा चोटका कारण बाँकी म्याच गुमाउने भएपछि भारतीय टिमलाई झड्का लागेको हो ।
जडेजा सिड्नी टेष्ट म्याचको तेस्रो दिन ब्याटिङका क्रममा घाइते भएका थिए । उनको हातको औँलामा चोट लागेको बताइएको छ । स्क्यान गर्दा उनको चोट गहिरो रहेको पाइएको हो ।
अब जडेजा डेढ महिना (६ हप्ता) टिमबाट बाहिर हुनेछन् । उनलाई शनिबार मिचेल स्टार्कको बलमा घाइते भएका थिए ।
खेलकै क्रममा आज टिमका विकेटकीपर/ब्याट्सम्यान ऋषभ पन्त पनि घाइते भएका थिए । कीपिङका क्रममा उनको बायाँ कुहिनोमा चोट लागेको बताइएको छ ।
चोटका कारण मैदानबाट बाहिरिएपछि ऋद्धिमान साहले कीपिङ गरेका थिए । पन्तको चोट के कति गहिरो हो यसबारे रिपोर्ट आउन बाँकी छ ।
अष्ट्रेलिया भ्रमणकै क्रममा भारतीय टिमका उमेश यादव, मोहम्मद शामी, केएल राहुल पनि घाइते भइसकेका छन् ।
उनीहरूले पनि बाँकी म्याच गुमाउने भएका छन् । चार खेलमो सिरिजमा दुबै टिमले एक/एक म्याच जितेका छन् ।