ओलीको व्यक्तिगत लहडका कारण लोकतन्त्र धरापमा पर्‍यो : नेता केसी

काठमाडौंः नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले प्रधानमन्त्री केपी शर्मा ओलीका कारण लोकतन्त्र धरापमा परेको बताएका छन् । प्रतिनिधि सभा विघटनको विरोधमा मकवानपुर क्षेत्र न १ नेपाली कांग्रेसद्वारा आयोजित कार्यक्रममा नेता केसीले लोकतन्त्रको रक्षाको निम्ति पुन कांग्रेस जनताको पक्षमा जुनसुकै बलिदानी दिन तयार रहेको बताए ।

नेता केसीले पार्टीभित्रको आन्तरिक कलह र व्यक्तिगत लहडका कारण लोकतन्त्रलाई धरापमा पार्ने काम भएको बताए । ‘संविधानको मूल मर्मलाई लत्याएर प्रतिनिधिसभा विघटन गरेर ओलीले लोकतन्त्रलाई धरापमा पारे,’ उनले भने ।

२०१७ मा राजाले संविधानकै एउटा धारा दुरुपयोग गरेर संसद् विघटन गरेजस्तै अहिले त्यही यात्रामा ओली सरकार अघि बढेको उनको आरोप थियो । अहिले निर्वाचन पनि हुन नसक्ने, संसद् पनि पुनःस्थापना हुन नसक्ने अवस्था आयो भने मुलुक अन्धकारको सुरुङभित्र प्रवेश गर्छ,’ उनले भने ।

नेकपाका नेताहरुले धतुरो रोपेर सुन्तला फल्ने भ्रम बाडेको उनले बताए । जनता कोरोनाको त्रासमा रहेको दुखद समयमा नेकपा राष्ट्रको सम्पति लुटेर खुसी हुँदै भ्रामक कुरा गर्दै कार्यकर्ता हसाउँदै हिडेको नेता केसीको आरोप छ ।

कमेन्ट गर्नुहोस्