काठमाडौंः नेकपा निकट अनेरास्ववियूले देशैभर बयलगाडा प्रदर्शन गरेको छ ।
संसद् विघटनविरुद्ध दोस्रो चरणको आन्दोलनका कार्यक्रमअन्तर्गत अनेरास्ववियूले असंवैधानिक रुपमा विघटन गरिएको प्रतिनिधि सभा पुनःस्थापनाको माग गर्दै आइतबार देशैभर बयलगाडा प्रदर्शन गरेको हो ।
२०६२/०६३ सालको जनआन्दोलनताका प्रधानमन्त्री केपी शर्मा ओलीले ‘गणतन्त्र आउनु भनेको बयलगाडा चढेर अमेरिका पुग्नुजस्तै हो’ भनेका थिए । सोही विषयमा व्यंग्य गर्न अनेरास्ववियूले अहिले बयलगाडा प्रदर्शन गरेको हो ।
उक्त संगठनले संसद् विघटनविरुद्ध पुष २९ गतेसम्म चरणवद्ध आन्दोलनका कार्यक्रम गरिरहेको छ ।
यस्ता छन् संसद् विघटनविरुद्ध अनेरास्ववियूका आगामी आन्दोलनका कार्यक्रमः
पुष २७ गते प्रतिगमनको बिरुद्ध सडक कविता गीत र गजल कार्यक्रम गर्ने ।
पुष २८ गते सडक नाटक र सडक आर्ट ९ स्ट्रिट वाल पेन्टिङ ।
पुष २९ गते सडकमा प्ले कार्डसहित कार्टून प्रदर्शन ।
तेस्रो चरणको कार्यक्रम माघ १ गते सार्वजनिक गरिनेछ ।