काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्य गरेकी छन् ।
आइतबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सभाको चालु हिउँदे अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्य गरेकी हुन् ।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्यको पत्र प्राप्त भएकाले आइतबार राति १२ बजेदेखि स्वतः अधिवशेन अन्त्य हुने आइतबार बसेको बैठकमा जानकारी दिए ।
राष्ट्रिय सभाको हिउँदे अधिवशेनमा ४ बैठक बसेका थिए । चारवटा बैठक ७ घण्टा मात्रै बसेका थिए ।