काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार राष्ट्रिय सभामा सम्बोधन गर्दा गर्दै रोष्टमबाटै थुकेका छन् । सम्वोधनका क्रममा उनले रोष्टमको भूइँतिर फर्किएर थुकेका हुन् ।
भारतीय विदेश सचिव, भारतीय सेनापति नेपाल भ्रमण नेपाल गएको, नेपालबाट ऊर्जा सचिवपनि भारत भ्रमणमा गएर उपलब्धीमुलक भएको उल्लेख गर्दै १४ तारिखमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीपनि भारत भ्रमणमा जाने बताउँदै गर्दा प्रधानमन्त्री ओलीले रोष्टममा थुकेका हुन् ।
ओलीले राष्ट्रिय सभामा सम्वोधनका क्रममा थुकेपछि त्यसको आलोचना सुरु भएको छ । उनले बोल्नेक्रममा थुकेपछि त्यसलाई अशिष्ट भन्दै आलोचना सुरु भएको हो ।
भिडियो स्रोतः एभिन्यूज खबर