पाण्डे र पहाडी भन्छन्– ओलीको कृत्य प्रतिगमनको औजार (विज्ञप्तिसहित)

काठमाडौंः नागरिक अगुवा डा. देवेन्द्रराज पाण्डे र कृष्ण पहाडीले संसद् विघटन प्रतिगमनको औजार भएको टिप्पणी गरेका छन् ।

पाण्डे र पहाडीले संयुक्त विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीको यो कृत्य प्रतिगमनका लागि औजार हुन पुगेको बताएका हुन् ।

संसद् विघटन गैरराजनीतिक, गैरसवैधानिक, जनआकांक्षा विरोधी कदम भएको भन्दै विज्ञप्तिमा निएको छ, ‘अमुक पार्टीको आन्तरिक किचलोलाई सम्बोधन गर्न स्वेच्छाचारी तवरले गरिएको प्रतिनिधिसभा विघटन गैरराजनीतिक, गैरसंवैधानिक, जनआकांक्षा विरोधी र मुलुकको हित विपरीत छ । प्रतिगमनकै अंशसमेत देखिएको यो कार्य अमान्य छ । यो गलत कदम सच्याउँदै प्रतिनिधिसभा पुनः सुचारु हुने व्यवस्था गर्न आहृवान गर्दछौं ।’

याे पनि पढ्नुस  नेम्वाङपछि महान्यायाधिवक्ता खरेलको भिडियो भाइरल, हेर्नुस् संसद् विघटनबारे के भनेका थिए ?

उनीहरूले आफूलाई लोकतान्त्रिक मूल्य मान्यताको धरोहर दाबी गर्ने प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सदावहार ढुलमुले चरित्र थप चिन्ताको विषय भएको उल्लेख गरेका छन् ।

कमेन्ट गर्नुहोस्