राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाद्वारा एन्टिबडी परीक्षण सुरु

काठमाडौंः टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले एन्टिबडी परीक्षण सुरु गरेको छ । आइतबार अर्थात आजदेखि प्रयोगशालाले एन्टिबडी परीक्षण सुरु गरेको प्रयोगशालाका सूचना अधिकारी राजेश गुप्ताले बताए । कोरोना संक्रमण भएको थाहा नपाइक कोरोनामुक्त भए पनि एन्टिबडी परीक्षण गर्दा विगत संक्रमण भए नभएको थाहा पाउन सकिन्छ ।

सरकारले एन्टिबडी परीक्षण पहिलो पटक सुरु गरेको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा एन्टिबडी परीक्षण सुरु भएसँगै अन्य सरकारी प्रयोगशालामा पनि विस्तार गर्ने राष्ट्रिय प्रयोगशालाले जनाएको छ ।

आइतबारदेखि शुक्रबार बिहान ८ देखि मध्यान्ह १२ बजेसम्म नमुना संकलन गर्ने गरिने छ । एक दिनमा १ हजार जनाको एन्टिबडी परीक्षण गर्न सकिन्छ भने परीक्षण शुल्क १ हजार लाग्ने प्रयोगशालाले जनाएको छ ।

कमेन्ट गर्नुहोस्