सिरहामा एक साता नबित्दै २ जनाको शव फेला

सिरहाः सिरहाको अर्नन्हा गाउँपालिका-१ बुढिया चापमा एक पुषको शव फेला परेको छ । शुक्रवारबाट हराइरहेका अवला भन्ने करिव ५५ वर्षीय राजकुमार ठाकुरको शव गाउँ नजीकैको रहरी बारीमा फेला परेको हो । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी उमाशंकर चर्तुवेदीका अनुसार घटनाको विभिन्न कोणबाट अनुसन्धान भइरहेको भन्दै १/२ दिनभित्रै यसको नतिजा बाहिर आउने बताएको छ ।शरीरको विभिन्न भागमा चोटहरु देखिएका उनलाई हत्या गरि फालिएको हुन सक्ने प्रहरीले जनाएको छ । रहरीबारी नजीकै फुटबल खेलिरहेका बालहरुले खेल्दै गरेको बल त्यहाँ पुगेपछि स्थानीयले जानकारी पाएर प्रहरीलाई खबर गरेका थिए ।

याे पनि पढ्नुस  प्रहरीलाई आर्थिक प्रलोभन देखाउने व्यापारी पक्राउ

चारदिन अगाडि सिरहाको गोलबजार नगरपालिका ६ डोहटीयामा एक किशोर मृत फेला परेका थिए । सृजना सेकेड्री इङ्लिश बोर्डिङ स्कूलमा कक्षा १० मा अध्ययानरत गोलबजार नगरपालिका १२ हरिपुरका किशोर सिंहका १७ वर्षीय छोरा आनन्द सिंह मृत फेला परेका हुन् ।

उनी गोलबजारमै डेरा लिएर बस्दै आएको बताइएको छ । गत मंगलबार परीक्षा दिएर दिउँसो साथीलाई पुर्याउन गएका उनी राती डेरा नफर्केपछि खोजतलास सुरु गरिएको थियो । घरपरिवारले खोजतलास गर्दा फेला नपरेपछि बुधबार बिहानै उनीहरुले इलाका प्रहरी कार्यालय गोलबजारमा जानकारी गराएका थिए । सिरहामा एकसाता नबित्दै २ जनाको संकाशपत अवस्थामा शव फेला परेको छ । एसपी चर्तुवेदीका अनुसार घटनाको विभिन्न कोणबाट अनुसन्धान भईरहेको भन्दै घटनाकादोसि कुनैपनिहालतमा उम्किन पाउने छैन ।

कमेन्ट गर्नुहोस्