निर्वाचन प्रक्रिया रोक्न माग गर्दै प्रचण्ड–नेपाल समूह निर्वाचन आयोगमा

काठमाडौंः निर्वाचन प्रक्रिया रोक्न माग गर्दै नेकपाको प्रचण्ड र माधव कुमार नेपाल समूह निर्वाचन आयोगमा पुगेको छ । पार्टीको आधिकारिक पत्र लिएर अध्यक्षद्वय प्रचण्ड र नेपाल, लिलामणि पोखरेललगायत केही स्थायी कमिटी सदस्यहरु आयोग पुगेका हुन् ।

संसद् विघटन सम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा भएकाले त्यसलाई प्रभावित गर्ने गरी निर्वाचन सम्बन्धी सम्पूर्ण गतिविधि बन्द गर्न निर्वाचन आयोग पुगेको पोखरेलले बताए ।

‘संसद् विघटन सम्बन्धी मुद्दा अदालतमा विचाराधिन अवस्थामा छ । उक्त मुद्दालाई प्रभावित गर्नेगरी निर्वाचन आयोगले कार्यतालिका सार्वजनिक गरेर अगाडि बढिराखेको छ’, पोखरेलले भने, ‘मुद्दा किनारा नलाग्दासम्म निर्वाचनका सम्पूर्ण गतिविधि बन्द गर्न लिखित पत्र लिएर आयोगमा पुगको छौं ।’

यो समूहले सर्वोच्चले संविधानको सही व्याख्या गरेर संसद् पुनस्र्थापना हुनुपर्ने माग राख्दै आएको छ ।

कमेन्ट गर्नुहोस्