नेकपा बझाङ कार्यालयमा कार्यक्रम गर्न प्रशासनको रोक

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अनौपचारिक रुपमा विभाजन भइसकेको छ ।

नेकपामा अहिले ओली समूह र प्रचण्ड–नेपाल समूह छन् । दुई समूहले छुट्टाछुट्टै कार्यक्रम गरिरहेको छन् । साथै पार्टी कार्यालयमा आ–आफ्नो दाबी गरिरहेका छन् ।

याे पनि पढ्नुस  नेकपाबाट मालारानी-३ का खनाल सर्वसम्मत सिफारिस

तर, जिल्ला प्रशासन कार्यालय बझाङले पार्टी कार्यालयमा कुनै पनि कार्यक्रम नगर्न आदेश जारी गरेको छ ।

प्रमुख जिल्ला अधिकारी कमल राज भण्डारीले सोमबार एक सूचना जारी गर्दै जयपृथ्वी नगरपालिका–१० चैनपुरस्थित पार्टी कार्यालयमा कुनै पनि भेला, बैठक तथा अन्य कार्यक्रम सञ्चालन नगर्न आदेश जारी गरेका छन् ।

याे पनि पढ्नुस  मन्त्रालय टुक्राउन नेकपाका दुई अध्यक्षबीच सहमति

दुबै पक्षबीच विवाद हुनसक्ने भन्दै उक्त आदेश दिइएको सूचनामा उल्लेख छ ।

 

कमेन्ट गर्नुहोस्