विराट र अनुष्कालाई पुत्रीलाभ

काठमाडौं: भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली र बलिउड अभिनेत्री अनुष्का शर्मालाई पुत्रीलाभ भएको छ । श्रीमती अनुष्का शर्माले आज छोरी जन्म दिएकी विराटले सामाजिक सञ्जालमार्फत जनाएका छन् ।

विराट र अनुष्काको यो पहिलो सन्तान हो । श्रीमती बच्चा पाउने भएपछि विराट अष्ट्रेलिया विरुद्धको टेष्ट सिरिजको पहिलो म्याच खेलेर भारत फर्किएका थिए ।

कमेन्ट गर्नुहोस्