किम जोङ सत्तारुढ दलको महासचिवमा निर्वाचित

प्योङ्गयाङ्ग : उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन सत्तारुढ दल वर्कर्स पार्टीको महासचिवमा निर्वाचित भएका छन् ।

पार्टीको आठौँ अधिवेशनले उनलाई महासचिवमा निर्वाचित गरेको राज्यद्वारा सञ्चालित कोरियाली समाचार संस्थाले सोमबार जनाएको छ ।

पार्टीको महासचिवका रूपमा उनीभन्दा अगाडि उनको बुबा र त्योभन्दा अगाडि हजुरबुबाले नेतृत्व प्रदान गर्दै आएका थिए ।

याे पनि पढ्नुस  के किमको स्वास्थ्य अवस्था बिग्रिएकै हो ? चिनले पठायो विशेषज्ञ टोली

पार्टीको महाधिवेशन र बैठकले किमलाई महासचिव बनाउने विषयमा सर्वसम्मत निर्णय गरेको समाचारमा जनाइएको छ ।

उत्तर कोरियाको सर्वोच्च नेता उत्तर कोरियाली सेनाको सर्वोच्च कमाण्डरसमेत रहने व्यवस्था छ । त्यसबाहेक उनी राज्यका अरू पनि धेरै प्रमुख जिम्मेवारीमा रहेका छन् ।

उनले केही समयपछि पार्टीको अर्को शक्तिशाली जिम्मेवारी आफ्नै बहिनीलाई दिएका थिए । उत्तर कोरियामा उनको परिवारको दबदबा रहेको छ ।

याे पनि पढ्नुस  उत्तर कोरियाः आणविक क्षमता बढाउन महत्त्वपूर्ण परीक्षण सम्पन्न

उत्तर कोरियाको वर्कर्स पार्टीको महासचिवमा निर्वाचित भएकोमा किमलाई चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव तथा चिनियाँ राष्ट्रपति सी चिनपिङले बधाई दिएका छन् ।

उनले सोमबार किमलाई बधाई सन्देश पठाउँदै आगामी कार्यकाल थप प्रभावकारी बनाउन शुभकामना दिएका छन् । उनले महासचिवका रूपमा किमसँगको सहकार्य पनि राम्रो हुने विश्वास व्यक्त गरेका छन् ।

याे पनि पढ्नुस  किमबारे बोल्यो दक्षिण कोरिया, भन्यो, ‘उत्तरकोरियाली नेता किम जीवितै छन्’

कमेन्ट गर्नुहोस्