काठमाडौं : आसन्न प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताका लागि कर्णाली प्रदेशको टिम घोषणा गरिएको छ । सोमबार रवीन्द्रजंग शाहीको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरिएको हो ।
आसन्न पीएम कपका लागि कर्णाली टिममा पौल फरेरा प्रशिक्षक र भुवन कोइराला व्यवस्थापक छन् ।
पीएम कप खेल्ने कर्णालीको टिम : रवीन्द्रजंग साही (कप्तान), निश्चल रावल, दिवानबाबु पुन, हेमन्त ओली,
ललित प्याकुरेल, दिनेश अधिकारी, हिमान्शु शाही, विपिन रावल, राजकुमार शाह, अनुज चनारा, ताराप्रसाद गिरी, रुपक दाहाल, युनिशबिक्रम सिंह र अभिषेक बम ।
माघ २ गतेदेखि काठमाडौंको टीयू र मूलपानी क्रिकेट मैदानमा हुने पीएम कपमा सात प्रदेश र तीन विभागीयसहित जम्मा १० टोलीले प्रतिस्पर्धा गर्नेछन्।
प्रतियोगितामा सहभागी १० टोलीलाई २ समूहमा विभाजन गरिएको छ ।
समूह ‘ए’ मा त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब, गण्डकी प्रदेश, प्रदेश-१ र कर्णाली प्रदेश छन् ।
समूह ‘बी’ मा नेपाल पुलिस क्लब, बागमती प्रदेश, लुम्बिनी प्रदेश, प्रदेश-२ र सुदूरपश्चिम प्रदेश रहेका छन्। उद्घाटन खेलमा आर्मी र गण्डकी प्रदेश भिड्ने छन् । यी दुई टोलीबीचको खेल टियू मैदानमा हुने आयोजकले जनाएको छ ।