ओलीलाई साथ दिएका पूर्वमाओवादी नेतालाई प्रचण्डले भने– जनयुद्ध कुहिएको फर्सी नै हो त ?

काठमाडौंः नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीले जनयुद्धलाई कुहिएको फर्सी भनेकोमा आपत्ति जनाएका छन् ।

हालै प्रधानमन्त्री ओलीले जनयुद्धलाई कुहिएको फर्सीको संज्ञा दिएका थिए । त्यसप्रति आपत्ति जनाएका प्रचण्डले गण्डकी प्रदेशद्वारा मंगलबार पोखरामा आयोजित वृहत् कार्याकर्ता भेला तथा संघर्ष अभिमुखिकरण कार्यक्रममा कार्यकर्तालाई सोधे– ‘तपाईंहरू नै भन्नुहोस् के जनयुद्ध कुहिएको फर्सी हो त ?’

याे पनि पढ्नुस  पार्टी र सरकार भ्रष्टीकरणको बाटोमा अघि बढ्यो, बिसर्जनको गम्भीर खतराः प्रवक्ता श्रेष्ठ

जनयुद्ध लडेका तर ओलीलाई साथ दिएका पूर्वमाओवादी नेताहरूलाई लक्षित गर्दै प्रचण्डले जनयुद्ध कुहिएको फर्सी नै हो त भन्ने प्रश्न पनि गरे ।

‘के जनयुद्ध कुहिएकै फर्सी हो त ? प्रतिक्रान्तिमा लागेकाहरूलाई तपाईंहरूले सोध्नुहोला,’ प्रचण्डले भने, ‘जनयुद्व सम्बन्धी उल्लेख गरिएका यसअघिका राजनीतिक प्रतिवेदनमा केपी ओलीले हस्ताक्षर गरेका छन् के त्यो कीर्ते हस्ताक्षर थियो ? होइन भने यो स्वीकार्य छैन ।’

याे पनि पढ्नुस  एमसीसीबारे अध्ययन गर्न गठिन कार्यदलको समय थप

प्रचण्डले मदन भण्डारीको लाइन छोड्ने माधव नेपाल नभइ ओली नै भएको दावी गरे । ‘प्रधानमन्त्री पदका लागि मात्रै समाजवादउन्मुख रहेछ, जबज प्राप्त गर्नका लागि होइन रै’छ,’ प्रचण्डको भनाइ छ, ‘एउटा प्रधानमन्त्री पद पाउनका लागि मात्रै यो सब गर्नु भएको रहेछ ।’

प्रचण्डले संसद् पुनःस्थापना हुने र अदालतले संविधानको सही व्याख्या गर्ने विश्वास व्यक्त गरे । त्यसो भएन भने सबैभन्दा ठूलो अदालत जनता भएको उनले बताए ।

याे पनि पढ्नुस  ओलीमा कम्युनिस्ट चरित्र र गुण छैनः नेपाल

उनले भने, ‘केही महिनाभित्रै हामी विजयी हुन्छौं । केपी गुटको पतन अनिवार्य छ । ओलीले कलंकको टिका लगाइसकेका छन् । हाम्रो विजयी अभियान शुरु भइसकेको छ ।’

ढुक्क हुनुस्, नेकपा र सूर्य चिन्ह हाम्रै हुन्छः प्रचण्ड

कमेन्ट गर्नुहोस्