ओलीमा कम्युनिस्ट चरित्र र गुण छैनः नेपाल

काठमाडौंः नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष माधवकुमार नेपालले केपी ओलीमा कम्युनिस्ट चरित्र र गुण नै नभएको बताएका छन् ।

मंगलबार पोखरामा भएको भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओलीमा एकलकाटे प्रवृत्ति र गुटको संरक्षण गर्नेबाहेक अरु केही नभएको बताएका हुन् ।

‘केपी ओलीले कुन दिन कम्युनिस्ट पार्टी त्यागेको समाचार सुन्न बेर छैन, उहाँमा कम्युनिस्ट पार्टीको चरित्र छैन, गुण छैन’, अध्यक्ष नेपालले भने ।

याे पनि पढ्नुस  प्रचण्डले कार्यकर्तालाई भने, ‘अहिले यताउता दौडिनुभयो भने पछि पछुताउनुहोला’

अध्यक्ष नेपालले ओलीले बाटो विराएको बताए । ‘केपी ओलीजीले बाटो बिराउनुभएको छ । बिराएको बाटोबाट फर्कनुस् । समय यही हो । नत्र इतिहासको रछ्यानमा तपाईंलाई फालिनेछ’, नेपालको भनाई थियो ।

उनले नेकपा ओली समूहलाई केपी ओली फाउण्डेसन गुटको संज्ञा दिए । ओलीसँग २५ प्रतिशत पनि केन्द्रीय सदस्य नरहेको नेपालले बताए । ‘उहाँले अब गुट चलाउनु हुन्छ । केपी ओली फाउण्डेस गुट’, नेपालले भने । तर, सूर्य चुनाव चिन्ह भने कसैले खोस्न नसक्ने बताए । ४३४ केन्द्रीय सदस्यहरु मध्ये आफूहरुसँग ३१५ जना रहेको बताए ।

याे पनि पढ्नुस  देशकै सम्बृद्धिका लागि दोधारा–चाँदनीमा सुक्खा बन्दरगाह बनाउनुपर्छः नेता भट्ट

कमेन्ट गर्नुहोस्