दुर्लभ बन्यजन्तु बाघको छालासहित भेडा गोठालो पक्राउ

काठमाडौंः महानगरीय अपराध महाशाखाको टोलीले लमजुङमा भेडा गोठालो काम गर्ने ५३ बर्षिया बृसराज घलेलाई पक्राउ गरेको छ ।

लमजुङ स्थायी घरभै काठमाडौ तारकेश्वर न.पा. वडा न ९ मनमैजु बालाजुबाट प्रहरीले प्रतिबन्धित दुर्लभ बाघको सहित घलेलाई प्रहरीले पक्राउ गरेको हो ।

याे पनि पढ्नुस  विद्यार्थीको कानको जाली फुटाउने शिक्षक पक्राउ

दुर्लभ बाघको छालाको अवैध रुपमा बिक्रि वितरण गर्नको लागी लुकाई छिपाई ल्याई राखेको छ भन्ने बिशेष सूचनाको आधारमा पुस २८ गते प्रहरीले लमजुङ दुधपोखरी स्थायी घर भएर काठमाडौंको तारकेश्वर न.पा. वडा न ९ मनमैजु बस्ने बृसराज घलेको कोठाबाट अन्दाजी ६ फिट २ ईन्च लम्बाई र १ फिट २ ईन्च चौडाई भएको प्रतिबन्धित बाघको छाला सहित घलेलाई पक्राउ गरेको हो ।

याे पनि पढ्नुस  विप्लव समूहका पूर्व सेक्रेटरी पक्राउ

महानगरीय अपराध महाशाखाबाट खटिएको बिशेष अनुसन्धान टोलीले पक्राउ गरि आवश्यक कारबाहीको लागी जिल्ला वन कार्यालय हात्तिसार,काठमाडौं पठाएको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्