काठमाडौंः नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष प्रचण्डले ओली समूहका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई व्यङ्ग्य प्रहार गरेका छन् ।
बुधबार काठमाडौंमा आयोजित बृहत भेलालाई सम्बोधन गर्दै प्रचण्डले ओलीलाई व्यङ्ग्य प्रहार गरेका हुन् ।
ओलीतर्फ इंगित गर्दै प्रचण्डले भने, ‘हामी यहाँ प्रहसन देखाउन, उखान टुक्का सुनाउन र कमिडी सो गर्न, भ्रम छर्न जुटेका हैनौं । ऐतिहासिक जिम्मेवारी पूरा गर्न लागेका छौं ।’
ओलीले संसद् विघटन गरेपछि संविधान र लोकतन्त्र धरापमा परेको भन्दै प्रचण्डले त्यसलाई जोगाउन आफूहरू लागिपरेको बताए ।
आन्दोलनलाई निर्णायक बनाउन काठमाडौंको भूमिका महत्वपूर्ण रहेको उनले स्मरण गरे ।