ओली राजनीतिक जोकर हुन्, उनको पछि कोही लाग्दैनन्ः प्रचण्ड

काठमाडौंः नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष प्रचण्डले ओली समूहका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘पोलिटिकल जोकर’को संज्ञा दिएका छन् ।

बुधबार नेकपा काठमाडौंद्वारा आयोजित कार्यक्रममा उनले ‘एक सय जना जम्मा भएर ४४१ जनाको केन्द्रीय समितिलाई ११ सय बनाए । यो के हो ? यसलाई विक्षिप्त मानसिकताको उपज भन्न मिल्न कि नमिल्ने ?’ ओलीले लगाएको कलंकको टिका कहिल्यै नमिटिने बताए ।

‘केपी ओलीले राजनीतिक जोकरपन देखाउनुभयो । जोकरका पछाडि कोही पनि लाग्दैनन्,’ प्रचण्डले भने, ‘साथीहरू त पोलिटिकल जोकरजस्तो लाग्छ ।’

याे पनि पढ्नुस  अन्तर्राष्ट्रिय युवा दिवसः प्रधानमन्त्री ओलीको सम्बोधन शुरू (भिडियोसहित)

प्रचण्डले पार्टीले काम गर्न नदिएको एउटा प्रमाण दिन प्रधानमन्त्री ओलीलाई चुनौती दिए । प्रतिनिधिसभा भंग गर्दा प्रधानमन्त्री ओलीले पार्टीले घेराबन्दी ग¥यो, काम गर्न दिएन भनेर दाबी गरेको भन्दै उनले भने, ‘केपी ओलीजीलाई मेरो चुनौती छ, पार्टीले काम गर्न नदिएको एउटा प्रमाण दिनुस् । कुन काममा भाँजो हाल्यो ?’

उनले ओलीले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको मुटुमा छुरा हानेको अरोप लगाए । प्रचण्डले जबज छोड्ने पहिलो व्यक्ति ओली भएको बताए । ‘अहिले भ्रम छर्न खोजेका छन्, तर जबज छोड्ने पहिलो व्यक्ति केपी ओली हो,’ प्रचण्डले भने, ‘जबज छोड्ने पहिलो व्यक्ति केपी ओली हो । केपी ओली नै हो ।’

याे पनि पढ्नुस  नेकपाको ‘निर्णायक’ सचिवालय बैठक बस्दै

उनले अदालत र निर्वाचन कसैको सेटिङमा नचल्ने बताए । उनले अगाडि भने, ‘केपी ओलीले अदालत र निर्वाचनसँग सेटिङ मिलाइसकेका छन् भन्ने आम जनतामा आशंका छ । त्यो हुनै सक्दैन । म सेटिङ भन्ने शब्द नै सुन्न चाहँदैन ।’

ओलीले हजारौं शहीदको अपमान गरेको भन्द्र प्रचण्डले साक्षी बस्न नसक्ने बताए ।

याे पनि पढ्नुस  नेकपा स्थायी कमिटी बैठकः शनिबार अध्यक्ष प्रचण्डले जवाफ दिने

ओलीले कुर्सी भाँचिदिने धम्की दिएको स्मरण गर्दै प्रचण्डले भने, ‘पहिले ओली जीले कुर्सी भाच्छु भन्नुहुथ्यो । कुर्सी भाच्नु भयो भनेर फेरि बनाउला भन्ने थियो । तर उहाँले त संविधान नै भाँचिदिनुभयो । लोकतन्त्र भाँचिदिनुभयो । राष्ट्रै भाँचिदिनुभयो ।’

कमेन्ट गर्नुहोस्