काठमाडौंः नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष प्रचण्डले संसद् नमरेको बताएका छन् ।
बुधबार नेकपा काठमाडौंद्वारा आयोजित कार्यक्रममा उनले संसद नमरेको र संविधानले जीवित राखेको स्पष्ट पारे ।
प्रचण्डले माघदेखि फागुनसम्म काठमाडौंमा हरेक दिन आन्दोलन हुने जानकारी दिए । आन्दोलनमा लाखौ जनता उतार्नैपर्ने उनले बताए ।
उनले भने, ‘प्रचण्डले माघदेखि फागुनसम्म काठमाडौंमा हरेक दिन आन्दोलन हुन्छ । आन्दोलनमा लाखौ जनता उतार्नैपर्छ । अनिमात्र संविधानको बलात्कार र अपहरण गर्ने अपराधीलाई ईतिहासको कठघरामा उभ्याउन सकिन्छ ।’
उनले प्रधानमन्त्री ओलीले भारतीय जी–न्यूजलाई दिएको अन्तर्वार्ता नाटक भएको बताए ।