काठमाडौंः संसद् विघटनविरुद्धको मुद्दा शुक्रबारसम्मका लागि स्थगित भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा बुधबार भएको बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो ।
बुधबार बृहत् पूर्ण इजलासमा सुनुवाइ गर्ने कि संवैधानिकमा भन्नेबारे बहस भएको थियो । प्रधानन्यायाधीश जबराले शुक्रबारसम्मका लागि इजलास स्थगित भएको जानकारी गराए ।
सम्बन्धित समाचारः संसद् विघटनको मुद्दामा सुनुवाइ शुरू
प्रतिनिधिसभा विघटनविरुद्धका निवेदन बृहत् पूर्ण इजलासमा लैजान बुधबारको बहसमा सरकारी पक्ष असहमत देखिएको थियो । उक्त मुद्दा बृहत् पूर्ण इजलासमा पठाउनुपर्ने रिट निवेदकतर्फ कानुन व्यवसायी वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले माग गरेका थिए ।
बुधवारको सुनुवाइका लागि गठन भएको संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराका अलावा न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी छन् ।